Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

होहल्लाका कारण सुवेदी नेतृत्वको समितिले गर्न सकेन दोस्रो चरणको आन्दोलनको घोषणा

होहल्लाका कारण सुवेदी नेतृत्वको समितिले गर्न सकेन दोस्रो चरणको आन्दोलनको घोषणा

बुधवार , जेठ २२, २०८२

काठमाडौं । दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठक कुनै निर्णयमा नपुगेर स्थगित भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर होहल्लाका साथै तनाव भएको थियो ।

समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए ।

तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसदमा व्यस्त रहेको जानकारी गराइयो ।

त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भनेर होहल्ला गरेका थिए ।

कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले ‘तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस् । यसरी बैठक चल्छ ?’ भन्दै प्रश्न गरे ।

त्यसपछि समितिका संयोजक सुवेदीले होहल्लाकै बीचमा भने–‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’

लगत्तै उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरे ।

सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन ुजनआन्दोलनु गर्दै आएको थियो। आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायतले समर्थन जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077