नेपालगञ्ज । नेपालगञ्जमा रहेको चार तारे होटलका सञ्चालक प्रहरी हिरासतमा पुगेका छन्। होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याललाई इलाका प्रहरी कार्यालय बुटवलले चारदिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
ठगी सम्बन्धि मुद्दामा उनी गत १७ जेठमा पक्राउ परेका हुन्। बाँके प्रहरीले उनलाई पक्राउ गरी बुटवलमा बुझाएको हो।
अर्याल विवादास्पद पृष्ठभुमीका व्यापारी हुन्। द्वन्द्वकालमा उनको साँठगाँठ माओवादीहरूसँग थियो। सोही कारण माओवादीको कालोधन हात पारेर उनले होटलमा लगानी गरेका हुन्।
एक व्यक्तिलाई ७१ लाख रुपैयाँ ठगी गरेको अभियोग व्यवसायी अर्यालमाथि छ । स्रोतका अनुसार सो कारोबार क्यासिनोसम्बन्धि छ । जून कारोबारको विस्तृत अनुसन्धान भएमा सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुर आकर्षित हुने अवस्था छ । तर, चलखेलका आधारमा उनी आफुमाथिको मुद्दा नै डिसमिस गर्ने प्रयासमा छन् ।
पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनले आफ्नो प्रहरी महानिरीक्षकसँग निकटता रहेको भन्दै प्रहरी अधिकारीलाई नै धम्काउँदै आएका छन् । पक्राउ पूर्जी जारी भएको पाँच दिनसम्म उनले पक्राउ रोक्दै आएका थिए।
उनको होटलमा क्यासिनो समेत सञ्चालनमा छ । सो क्यासिनोमा कालोधनलाई सेतो बनाउने काम हुने गरेको स्रोत बताउँछ । होटल सञ्चालक अर्यालसहित सो क्यासिनामा क्यासिनोका लगानीकर्ताहरु सुमन मल्ल, बिनोद खड्का, विकास थाा, तरुण गौतम लगायत आफैं जुवा समेत खेल्ने गर्दछन् ।