Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रमण कन्स्ट्रक्सनका सञ्चालक महतो पक्राउ

रमण कन्स्ट्रक्सनका सञ्चालक महतो पक्राउ

बिहिवार , जेठ २३, २०८२

धनुषा । ठगीको आरोपमा जनकपुरस्थित रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

धनुषाकै सन्तोष यादवले ठगी सम्बन्धी उजुरी दिएपछि अनुसन्धानको क्रममा महतोलाई पक्राउ गरिएको बताइएको छ । उनी अहिले प्रहरी हिरासतमा छन्, थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार महतोमाथि करिब १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ। सोही प्रकरणमा उनका बुबा बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077