Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रमणका सञ्चालक यादवपछि पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायणकी बुहारी पक्राउ

रमणका सञ्चालक यादवपछि पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायणकी बुहारी पक्राउ

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । विश्वासघात र ठगी सम्बन्धी आरोपमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।

उनलाई पर्सा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि रमण कन्सट्रक्सनका सञ्चालक पवन महतोलाई पनि पक्राउ गरेको थियो । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनी पनि आपराधिक विश्वासघात र ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।

त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077