Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संसदको गतिरोध अन्त्य गर्न भिजिट भिसा प्रकरणको छानविन गर्नैपर्छ : माओवादी

संसदको गतिरोध अन्त्य गर्न भिजिट भिसा प्रकरणको छानविन गर्नैपर्छ : माओवादी

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानविन गर्न सरकारले नै सकारात्मक वातावरण मिलाए संसद गतिरोधको समस्या समाधान हुने निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि भिजिट भिसा प्रकरणमा छानबिन गर्नै पर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्ने पक्षमा रहेको बताए ।

यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने उनको भनाई छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै उनको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरण धेरै गम्भीर र महत्वपूर्ण विषय भएकाले सरकारले नै छानबिन र सदनमा छलफलको वातावरण बनाउनुपर्ने  बैठकले निष्कर्ष निकालेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077