काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेको छैन ।
दिउँसो १ बजेका लागि डाकिएको बैठक तीन बज्नै लाग्दासम्म सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्ष दलहरुले संसद अवरोध गर्दै आएका छन् ।
मंगलबारदेखि संसद बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ । तर, सत्ता पक्ष दलले भने लेखकको बचाउँ गर्दै आएका छन् ।
सत्ता पक्ष र विपक्ष दलका अडानका कारण संसद बैठक बस्न सकिरहेको छैन् ।
सदन अवरोध खुलाउने बारे सभामुख देबराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएपनि उपस्थित भएका छैनन् ।
आज बिहानैदेखि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।
उनीहरुले प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल गरिरहेका छन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।