Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आफूलाई केपी ओलीले फसाएको माधव नेपालको दावी

आफूलाई केपी ओलीले फसाएको माधव नेपालको दावी

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई पहिलादेखि नै प्रधानमन्त्री केपी ओलीले विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेको दावी गरेका छन् ।

पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले यस्तो बताएका हुन् ।

रौतहटको गौरमा पार्टीका कार्यकर्तासँगको भेटघाटका क्रममा नेपालले आफ्नो कुनै हात नरहेको स्पष्ट पार्दै आम नेपाली पतञ्जलीबाट लाभान्वित होउन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको बताए ।

पतञ्जली जग्गा प्रकरणमा केही तल–माथि भएको भए त्यसको जिम्मेवार कर्मचारी हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077