Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राजिनामा मागेका शेखर कोइरालालाई सुटुक्क किन भेटे गृहमन्त्री रमेश लेखकले ?

राजिनामा मागेका शेखर कोइरालालाई सुटुक्क किन भेटे गृहमन्त्री रमेश लेखकले ?

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । जेठ १० गते नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भनेका थिए–‘अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

उनले त्यतिबेला भनेका थिए–‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

कोइरालाको यो अभिव्यक्ति आउने वित्तिकै यता संस्थापन पक्षीय पदाधिकारीहरूले भने उल्टै कोइरालालाई ‘कारबाही’ गर्नुपर्ने माग गरे ।

कांग्रेसको पदाधिकारी बैठकमा कोइराला र गृहमन्त्रीको राजीनामा माग्ने अर्का दुई सांसदलाई स्पष्टिकरण सोध्नुपर्ने प्रस्ताव सभापति समक्ष गरियो । तर, सभापतिले तत्कालै ‘एक्सन’ लिन भने सकेनन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र राजीनामा दिनुपर्छ भन्नेमाथि कारबाही गर्नुपर्ने आवाज उठिरहेका बेला लेखकले भने सुटुक्क उनै कोइरालालाई भेटेको रहस्य खुलेको छ ।

स्रोतका अनुसार गृहमन्त्री लेखक नेता कोइरालालाई भेट्न मंगलबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालय पुगेका थिए । उनीहरूका बीचमा झण्डै ४० मिनेट कुराकानी भएको बताइएको छ ।

विराटनगरमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर बोलेपछि लेखकले भेट्न चाहिरहेका थिए । तर, उनले मंगलबार मात्रै कोइरालासँग भेट गरेका हुन् । लेखक र कोइरालबीच वानटुवान वार्ता भएको बुझिएको छ ।

नेता कोइरालाले जेठ १० गते भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएको दुई दिनपछि जेठ १२ गते सभापति शेरबहादुर देउवानिवासमा कोइराला र उनीनिकट नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको थियो ।

लगत्तै जेठ १३ गते विराटनगरमा आयोजित पार्टीको शुभेच्छुक संगठन नेपाल नाइँ संघको राष्ट्रिय परिषद् उद्घाटनका क्रममा नेता कोइरालाले पदाधिकारी बैठकमा उठेको विषयप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसपछि जेठ १६ गते नेता कोइराला र महामन्त्री गगनकुमार थापाबीच बालुवाटारमा ११ महिनापछि भेट भएको थियो ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणबारे पार्टीका नेताहरू मिलाउन सुझाएका कारण लेखकले कोइरालालाई भेटेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077