Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

योजना अनियमितता छानबिन गर्न संसदीय विशेष समिति गठन

योजना अनियमितता छानबिन गर्न संसदीय विशेष समिति गठन

बिहिवार , जेठ २३, २०८२

धनुषा । मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विषेश समिति गठन गरेको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेशसभा सदस्यहरू केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषणा गरे ।

प्रतिपक्षी दलहरूले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077