Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

माधव नेपालमाथि षड्यन्त्र भएको एकीकृत समाजवादीको निष्कर्ष

माधव नेपालमाथि षड्यन्त्र भएको एकीकृत समाजवादीको निष्कर्ष

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालमाथि षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट अध्यक्ष नेपालमाथि षड्यन्त्र भएको निष्कर्ष निकालिएको विज्ञप्ति उल्लेख छ ।

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौ’, बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्राविरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि पड्यन्त्रको प्रतिवाद गरिने छ ।’

यस घटनामा अध्यक्ष नेपालले ‘नबिराउनु, नडराउनु’ भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको नेकपा एसले जनाएको छ । त्यसरी नै कानूनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गरिसकेको पनि भुसालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077