भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भइरहेको बताएका छन् ।
बिहीबार भक्तपुरमा बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइएको भ्रमलाई चिरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको छ। यसलाई चिर्न अत्यावश्यक छ। हामीले संगठन, विचार र जनसम्पर्कलाई अझ सबल बनाउँदै जनताबीच सत्य सन्देश पुर्याउनुपर्छ ।’
पार्टीविरुद्ध कसले भ्रम फैलाएको पहिचान गर्नुपर्ने उनको भनाइ छ ।