Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सेरेसको सफलतापछि तीन नयाँ मोडेल भित्र्याउँदै एमएडब्ल्यु

सेरेसको सफलतापछि तीन नयाँ मोडेल भित्र्याउँदै एमएडब्ल्यु

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । सेरेस ब्रान्डको बारेमा अपबाह फैलाइएको भन्दै नेपालमा सेरेस गाडीको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले भ्रममा नपर्न आम सर्वसाधरण तथा सेवाग्राहीलाई आग्रह गरेको छ ।

एमएडब्ल्यू अटोमोबाइलले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा आफ्नो सेवालाई निरन्तरता दिइरहेको जनाएको छ ।

कम्पनील अब छिट्टै नेपाली बजारमा सेरेसका तीनवटा नयाँ मोडल सार्वजनिक हुने पनि दावी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको छ। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको छ।’

एमएडब्ल्यू अटोमोबाइलले गर्वका साथ आफूलाई नेपालको नम्बर १ अटोमोबाइल कम्पनीका रूपमा प्रस्तुत गरेको छ । जसले गर्दा बलियो बिक्री र सेवा संरचनाले सेरेसका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको कम्पनीको दावी छ।

एमएडब्ल्यूका अनुसा हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत छन् । जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण हो।

इलेक्ट्रिक भेहिकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यूले नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्‍याएको छ।

ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराउँदै आएको छ ।

देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेको कम्पनीको दावी छ ।

‘सेरेस गाडीहरू अहिले देशभर फैलिएको १२२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्त रूपमा समर्थित छन् जसले इभी गाडीधनीहरूलाई सहज र सजिलो पावर एक्सेस प्रदान गरिरहेको छ।’–विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले ग्राहकहरुसँगको सम्बन्ध केवल सेरेस खरिदको समयसम्म मात्र सीमित नरहने वाचा गर्दै सेरेसले नेपाललाई दिगो यातायाततर्फ डोर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधा तथा यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077