काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो चाँडो टुंगाउनुपर्ने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागरिकता अत्यन्त संवेदनशील विषय भएकाले छिटो पारित गर्नुपर्ने बताउँदै उनले भने, ‘नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौं ।’
बैठकमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको छ।
उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।