काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा आलोपालोको सहमित अनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् ।
कांग्रेस नेतृत्वमा सरकार अब छिटटै बन्ने बताउँदै देउवाले भने, ‘आलोपालो सरकार बनाउने कुरा हो । यस विषयमा चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल हुन्छ ।’