Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता–कार्यकर्ताहरू शुक्रबार प्रदर्शन गरेका हुन् ।

वर्तमान समितिलाई भंग गरेर नयाँ कार्य समितिको माग सहित विरोधको गरेका छन् ।

विरोध र्‍यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् ।

महाधिवेशन गराउन असक्षम रहेको भन्दै गुरुङविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रदर्शन गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

केन्द्रीय कार्यालय प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोकेको छ ।

सभापति देउवा तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूलाई अन्तिम एकपटक समय थप्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077