Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसदको अवरोध हटाउने बारेमा प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी

संसदको अवरोध हटाउने बारेमा प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संसदको  अवरोध हटाउने बारेमा छलफल भएको छ ।

केहिबेर पहिले विपक्ष दलसँग छलफलमा रहेका प्रचण्डले कांग्रेसका उपसभापति खड्कासँग पनि छलफल गरेका छन् ।

सत्तापक्ष दलसँग अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका थिए ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी भएको छलफलले भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । तर, बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077