काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न नदिएपछि अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तापक्ष दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संसदको अवरोध हटाउने बारेमा छलफल गरेका थिए ।