Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छ : उपराष्ट्रपति यादव

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छ : उपराष्ट्रपति यादव

शनिवार , जेठ २५, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् ।

बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, 'मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।'

उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताए ।

इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ। बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन्।

हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ। त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ। यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो।

यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु ९त्याग गर्नु० पनि हो। घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ।

पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ। यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

उनले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याउनुभएको छ।

उनले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077