Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल

शनिवार , जेठ २५, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । 

इस्लाम धर्मालम्बीको विशेष पर्व बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, “हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पु-याएका छन् ।”

बकर इद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालको विश्वास छ । 

बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लास पूर्वक मनाउने गरिन्छ । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौँ इस्लाम धर्मालम्बी पुग्दछन् ।

यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077