Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

शनिवार , जेठ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका छन्। 

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व ईद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्।

'बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्,' प्रधानमन्त्री ओलीले भने, 'ईद मुबारक! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।'

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077