Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था छैन : परराष्ट्रमन्त्री राणा

राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था छैन : परराष्ट्रमन्त्री राणा

शनिवार , जेठ २५, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहादानी लिनका लागि पहिले जस्तो जटिल अवस्था अहिले नभएको बताएकी छन् ।

राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य बनाउने भुमिका सरकारले खेल्ने बताईन् ।

राहादानीमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि सरकारले समयानुकूल सुधार गर्दै लैजाने उनको भनाई थियो ।

राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077