काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेस सरकारमा रहेपनि सत्ताको चाबी नभएको बताएका हुन् ।
चाबी वामपन्थीको हातमा भएको बताउँदै उनले भने, ‘त्यसलाई कसरी हामीले खोल्ने ? यसको अर्थ तपाईहरू आफैँ लगाउनुस् ।’
देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने उनको भनाई थियो ।