Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा वैधानिकता दिनुपर्छ : कृषिमन्त्री अधिकारी

गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा वैधानिकता दिनुपर्छ : कृषिमन्त्री अधिकारी

शनिवार , जेठ २५, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको बताएका छन् ।

एग्री प्रडक्ट नेपालले सञ्चालन गरेको ‘रैथाने कृषि हाटबजार’को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेकोले अर्थतन्त्रमाथि त्यतिकै दबाब भएको हुँदा गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने तर्फ लाग्नु पर्ने बताए ।

पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको बताउँदै उनले भने, ‘मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ । त्यसले पैसा अभाव हुन दिँदैन। त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077