Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भ्रष्टाचार मुद्दाको आधार छैन, चुनौतीको सामना गर्छु : माधव नेपाल

भ्रष्टाचार मुद्दाको आधार छैन, चुनौतीको सामना गर्छु : माधव नेपाल

शनिवार , जेठ २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताएका छन् ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले गलत आरोपको डटेर सामना गर्ने बताएका हुन् ।

अहिलेसम्म एक पैसा घुस नखाएको बताउँदै उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छु ।’

आफूलाई अदालतले न्याय दिने र न्यायको जित हुनेमा विश्वासर रहेको बताए ।

असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक छैन भन्दै उनले आइलागेको चुनौतीको सामना गर्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा बिहिवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077