काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीति पूर्वाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका छन् ।
एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको भन्दै उनले, ‘अनुसन्धानको दायरामा आउनु पर्ने बताए ।
सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने भन्दै उनले नागरिकको लेखापरिक्षणमा बेरुजु निस्किए जोसुकै पनि दण्डका भागेदारी हुनुपर्ने बताए ।