Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सहरी विकास मन्त्रालयमा मात्र ३२ अर्बजति चलखेल भएको वर्षमान पुनको आरोप

सहरी विकास मन्त्रालयमा मात्र ३२ अर्बजति चलखेल भएको वर्षमान पुनको आरोप

शनिवार , जेठ २५, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले दुई लाख रुपैयाँसम्मका योजना पनि संघ सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको जिकिर गरिरहेको उनले उल्लेख गरे । तर, सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना रहेको पाएको उनले दाबी गरे ।

सहरी विकास मन्त्रालयको विनियोजित बजेट एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो ।

मन्त्रालयको नयाँ बजेट चालु वर्ष २०८१/८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाख बजेट विनियोजन गरिएको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेका पुनको भनाइ छ ।

‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने,’ पुनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077