Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संघीय संसद्का चार समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसद्का चार समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

आइतवार , जेठ २६, २०८२

काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ देखि दिउँसो २ बजेको समयमा सिंहदरबारमा बस्ने छन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तरक्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा कृषकहरूलाई समयमै रासायनिक मलको सहज व्यवस्थापन, कृषि अनुदानलाई उत्पादनमूलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि, कृषिजन्य उत्पादन उखु, अलैँची, अदुवा, कफी, चिया, सुपारीलगायतका उत्पादन र बजार व्यवस्थापनका साथै रैथाने कृषिबाली संरक्षण र विकास सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समिति बैठकमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077