Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शिर्ष तीन दलका सचेतकहरुसँग रिसाए सभामुख

शिर्ष तीन दलका सचेतकहरुसँग रिसाए सभामुख

आइतवार , जेठ २६, २०८२

काठमाडौं । संसदलाई बन्धक बनाएको भन्दै सभामुख देवराज घिमिरे शिर्ष दलका प्रमुख सचेतकहरुसँग रुष्ट बनेका छन्

पटक–पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले आज सचेतकहरुसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि सभामुखले हरेक दिनजसो बैठक सारेर छलफल चलाउँदै आएका छन् ।

आज पनि घिमिरे छलफलमै छन् । तर, बैठकमा सत्ता र प्रतिपक्ष दुवैले अडान कायम राख्दा संसद बैठक अनिश्चित भइरहेको छ ।

सभामुख घिमिरेले आज प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका श्याम घिमिरेसँग छलफल गरे ।

आजको छलफलमा पनि सत्तापक्ष र विपक्ष दलले आ–आफ्नो अडान नछाडेका कारण आज पनि संदन चल्ने सम्भावना न्यून छ ।

बैठकमा माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

सभामुख घिमिरेले भने संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।

यही जेठ १५ गते बजेट भाषण भएपछि संसद बैठक बस्न सकेको छैन ।

त्यसयता प्रमुख प्रतिपछि दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र राजीनामा दिनु पर्ने भन्दै संसद अवरुद्ध गरेका छन् । तर, सत्तापक्ष त्यो मान्नन तयार छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077