काठमाडौं । सभामुख देवराज घिमिरेले आज १ बजेका लागि डाकेको प्रतिनिधि सभाको बैठकमा नगएर विपक्षी दलहरूको छुट्टै बैठक बसेको छ ।
संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्ष दलहरु बैठकमा बसेका हुन् ।
उता, सभामुख घिमिरेले भने सदनको अवरोध खुलाउन भन्दै सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।
पटक–पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले आज सचेतकहरुसँग असन्तुष्टि व्यक्त गरेका छन् ।