Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद्को अवरोध खुलाउन कांग्रेस–माओवादी छलफल गरिरहँदा एमाले किन मौन ?

संसद्को अवरोध खुलाउन कांग्रेस–माओवादी छलफल गरिरहँदा एमाले किन मौन ?

आइतवार , जेठ २६, २०८२

काठमाडौं । संसद खुलाउनेबारे सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहमतिनजिक पुगेको बताइए पनि सत्ता हाँकिरहेको दल नेकपा एमाले भने मौन जस्तै छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आज संघीय संसद भवनको शंकर हलमा भएको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको छलफल सहमति नजिक पुगेको बताए ।

तर, माओवादी नेताहरु भने त्यो मान्न तयार छैनन् । आजको बैठक पनि विना निष्कर्ष सकिएको माओवादी नेताहरुले बताएका छन् । बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे छलफल भएको थियो ।

छलफलमा आफूहरूको अडानमा कुनै सहमति नभएको माओवादी प्रमुख सचेतक पाण्डेले जानकारी दिए । तर, कांग्रेस नेता कार्कीले भने सहमति जुटिनसकेको भए पनि बैठक सकारात्मक रहेको बताए ।

हुनत भिजिट भिसा प्रकरणमा विपक्षी दलबीच पनि मतभेद हुँदै आएको छ । अहिले माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर सिंगो प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्नेमा पुगिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रीको राजीनामामा अडिग छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार कांग्रेस सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका थिए।

त्यसपछि आइतबार संसद भवनमै बसेको विपक्षी दलहरूको बैठकमा उनले छानबिन समिति बनाउन देउवा तयार नभएको भनेर ब्रिफिङ गरेका थिए।

विपक्षीको बैठकपछि प्रचण्डले शंंकर हलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सत्तारुण दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बहुपक्षीय छलफलमा जुटेका छन् ।

एकातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको छुट्टै बैठक बोलाएर छलफल गरे भने अर्कोतिर सत्तारुढ दल कांग्रेससँग विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छुट्टाछुट्टै छलफल गरेका छन् ।

कांग्रेसका नेताहरू पनि विपक्षी दलसँग निरन्तर संवादमा छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास जानुअघि अध्यक्ष प्रचण्डले शुक्रबार उपमहासचिवद्धय वर्षमान पुन र शक्ति बस्नेत तथा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।

विपक्षी दलहरूसँगको छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र नेता ज्ञानेन्द्र कार्की बस्दै आएका छन् ।

कांग्रेसका नेताहरूसँग रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सन्तोष परियार लगायतले संवाद गरिरहेका छन् । बहुपक्षीय छलफलमा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक प्रवक्ता मनिष झा लगायत सहभागी हुँदै आएका छन् ।

संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस सहितका दलहरू बहुपक्षीय छलफलमा रहँदा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने कम सक्रियता देखाउँदै आएको छ ।

सभामुखले बेलाएको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला पुग्छन् । तर, एमालेका अन्य नेताहरू संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सक्रिय भएको सार्वजनिक जानकारीमा छैन ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन बैठकमा अवरोध नगरेपनि त्यसयता भने बजेटमाथिको छलफल नै हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077