Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भैंसीले बाली खाएको विवादमा कुटिएका पुरुषको मृत्यु

भैंसीले बाली खाएको विवादमा कुटिएका पुरुषको मृत्यु

शनिवार , जेठ ३२, २०८२

बर्दिया । बर्दियामा भैंसीले अन्नबाली खाएको विषयमा भएको विवादले हिंसात्मक रुप लिँदा एक पुरुषको ज्यान गएको छ ।

गत आइतबार भएको कुटपिटबाट गम्भीर घाइते भएका मधुवन नगरपालिका–१ का ५५ वर्षीय ढुक्कुर राउतको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवले राउतको खेतमा आफ्नो भैंसी पसेर बाली खाएपछि भएको विवादमा लठ्ठी प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका राउतको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न यादवलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077