Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेस सचेतकको रास्वपालाई प्रश्न – रविलाई सभापतिमा विराजमान राख्न कुन नैतिकताले दियो ?

कांग्रेस सचेतकको रास्वपालाई प्रश्न – रविलाई सभापतिमा विराजमान राख्न कुन नैतिकताले दियो ?

आइतवार , आषाढ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेको भन्दै रास्वपालाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले उनले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन समेत रास्वपालाई आग्रह गरे ।

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागमा गर्दै आएका रास्वपालाई जवाफ दिँदै कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने, ‘पाँच–पाँच वटा अदालतमा सहकारी ठगी, संगठित अपराध एवं सम्पति सुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?’

रवि लामिछाने सभापतिमा रहिरहने र रास्वपाले अरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको भनाई छ ।

प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा रहेका लामिछानेको रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्दै उनले प्रश्न गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सहसचिवसँग बयान लिएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077