Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक : वेल घेराउमा रास्वपा, संसद् छाडेर बाहिरिए राप्रपा

प्रतिनिधि सभाको बैठक : वेल घेराउमा रास्वपा, संसद् छाडेर बाहिरिए राप्रपा

आइतवार , आषाढ १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले भने नाराबाजीकाबीच संसद बैठक सञ्चालन गरेका छन् ।

अहिले जारी बैठकमा रास्वपाका सांसदहरूले वेल घेरिरहेका छन् । उता, अर्को प्रतिपक्षी दल राप्रपाका सांसदहरू भने आफू बस्ने आसन अगाडि उभिएर विरोध गरिरहेका छन् ।

तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् ।

यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सम्झौता गरेर संसद अवरोध खुलाउन सहमति गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077