Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भिजिट भिसा प्रकरणको ३० दिनभित्रै छानबिन गरियोस् : राजेन्द्र पाण्डे

भिजिट भिसा प्रकरणको ३० दिनभित्रै छानबिन गरियोस् : राजेन्द्र पाण्डे

आइतवार , आषाढ १, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको स्मरण गराएका थिए ।

छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको बताउँदै उनले भने, ‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यसकारण ३० दिनभित्रै गरियोस् ।’

भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो र गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर जेठ ३० गतेसम्म संसद् अवरोध बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077