Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

परराष्ट्रले भन्यो – इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित छन्

परराष्ट्रले भन्यो – इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित छन्

आइतवार , आषाढ १, २०८२

काठमाडौं । सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हाल इरानमा १२ जना र इजरायलमा करिब ५ हजार ५ सय जना नेपाली रहेको उल्लेख छ । हालसम्मको विवरण अनुसार त्यहाँका सबै नेपाली सुरक्षित छन् ।

इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इजरायल र कतारस्थित नेपाली राजदूतहरुसँग नियमित सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

कतारको राजधानी दोहामा रहेको नेपाली राजदूतावासले इरानको मामिला पनि हेर्दै आएको छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077