काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन ।
उनले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उदेश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको आरोप लगाए।
पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ। भिजिट भिसा प्रकरणमा रास्वपाको मागबमोजिम छानबिनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडि हटेको उनको भनाइ छ।