Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वर्षासँगै देशभर सडक अवरुद्ध : ६ मुख्य सडक पूर्णरूपमा ठप्प, ४१ एकतर्फी

वर्षासँगै देशभर सडक अवरुद्ध : ६ मुख्य सडक पूर्णरूपमा ठप्प, ४१ एकतर्फी

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण सडक यातायातमा अवरोध पुगेको छ । सडक विभागका अनुसार हाल ६ वटा प्रमुख सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने ४१ वटा सडक एकतर्फी रूपमा प्रभावित भएका हुन् ।

सबैभन्दा बढी असर पश्चिम र मध्य पहाडी क्षेत्रका सडकमा परेको छ । अर्घाखाँचीमा कक्रहवा (भारत सिमाना)–रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, र वुर्तीवाङ–ढोरपाटन सडकखण्ड पूर्णरूपमा बन्द छन् ।

त्यस्तै, सल्यान जिल्लाको अमेलिया–तुल्सीपुर–शितलपाटी–थारमारे–मुसीकोट सडकखण्ड (राप्ती राजमार्ग) पूर्णरूपमा अवरुद्ध बनेको छ।

पूर्वी नेपालमा पनि अवस्था सहज छैन। सिन्धुपाल्चोकमा अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी खण्ड अवरुद्ध छ। यो राजमार्ग चीनसँगको मुख्य व्यापारिक नाकासँग जोडिएको भएकाले यसको अवरोधले व्यापार तथा आपूर्तिमा समेत असर पर्ने देखिएको छ।

गुल्मी जिल्लामा तानसेन–रिडी–कोरला सडक खण्डमा पनि पहिरो खसेर सवारी अवरुद्ध भएको विभागले जानकारी दिएको छ।

सडक विभाग र नेपाल प्रहरीको संयुक्त आग्रहमा यात्रुहरूलाई आवश्यक परेको खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077