Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बैठक बोलाएका हुन ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।   प्रचण्डले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बुधबार र बिहीबार तीन दलको बैठक स्थगित भएको थियो।

उनीहरूबिच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, संसद्बाट विधेयक पारित गर्ने र संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने बताइएको छ।

दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने प्रतिनिधिसभामा कार्यसूची भएपनि अहिले ‘होल्ड’ भएको छ। बजेट पारितसँगै निजामती विधेयक, शिक्षा विधेयकपनि तत्काल पारित गर्न दबाब रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077