काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमाआकस्मिक समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रीको अनुपस्थितिबेगर छलफल गराए प्रतिनिधि सभा नियमावलीको ठाडे उल्लघंन हुने बताउँदै उनले भने, ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन ।’
बारम्बार संसद्को कार्यसूची आउने र हटाउने भइरहेको भन्दै उनले सरकारलाई प्रश्न गरे, ‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने ? यो कहाँसम्मको अन्याय हो ?’