Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंको सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा हट्यो

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंको सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा हट्यो

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै चक्रपथभित्र लगाइएको निषेधाज्ञालाई हटाएको जनाएको छ ।

राजावादीहरूले जथाभावी विरोध प्रदर्शन गर्न थालेपछि प्रशासन कार्यालयले जेठ १८ गते चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, जुलुश, प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा लगाइएका ठाउँहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताइएको छ।

सूचनामा भनिएको छ, ‘मिति २०८२ /०२/१८ गतेको आदेश मार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको व्यहोरा गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077