काठमाडौं । स्थानीय तहमा देशभर १३ वटा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
आयोगका आयुक्तहरुले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको तयारीबारे छलफल गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको छ ।
कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सकिने आयोगको प्रस्ताव रहेको छ ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त रहेको छ ।