Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भ्रष्टाचारको आरोपमा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

भ्रष्टाचारको आरोपमा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिका हाल (बहुदरमाई नगरपालिका) का प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

विभिन्न योजनाको स्वीकृत र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारले पक्राउ गरेको हो।

अख्तियारले दुवैजनाको ४ वटा मोबाइल पनि बरामद गरेको छ। अख्तियारले श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट र वडा–३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र नगरपालिका–२ का सचिव ‌ओमप्रकाश चौरसियाको २ वटा मोबाइल पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077