Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

इजरायल र इरानबाट फर्किने नेपालीहरुको उद्धारका लागि तयारी अवस्थामै छौं : परराष्ट्रमन्त्री राणा

इजरायल र इरानबाट फर्किने नेपालीहरुको उद्धारका लागि तयारी अवस्थामै छौं : परराष्ट्रमन्त्री राणा

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा लागेको बताएकी छन् ।

आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने बताईन् ।

स्वदेश फर्कन चाहेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ रहेको उनले बताईन् ।

जिटुजी प्रक्रिया अन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व भएको उनको भनाई थियो ।

त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको पनि जानकारी गराएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077