Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

जनता नदेखेको प्रधानमन्त्री र मन्त्री मैत्री बजेट भन्दै सत्तारुढ दलका सांसदले पोखे असन्तुष्टि

जनता नदेखेको प्रधानमन्त्री र मन्त्री मैत्री बजेट भन्दै सत्तारुढ दलका सांसदले पोखे असन्तुष्टि

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा उनले मन्त्रालयको बजेट हेर्दा खुसी हुनुको साटो गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको बताए ।

सत्तारुढ दलका शीर्ष नेता केन्द्रित बजेट आएको भन्दै उनले जनतालाई नदेखेको र सांसद मैत्री पनि नभएको बताए ।

बजेटबारे बडो कठोरताका साथ उनले भने, ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यही मैत्री बजेट भयो जस्तो मलाई लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077