Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी

बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।

राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा बिहान सवा तीन बजेतिर आगलागी भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो निभाएको छ । आगो निभाउन झन्डै साढे एक घण्टा लागेको थियो ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । गोदाममा आगलागीबाट भएको क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077