Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । काठमाडौंमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति काठमाडौंको ढुंगेअड्डामा दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा हुम्लाका धीरेन्द्र भियालको मृत्यु भएको हो ।
वर्ष २२ का भियालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० वर्षका मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । सहिद मेमोरियल अस्पताल कलंकीमका उनको उपचार भइरहेको प्रहरी बृत्त थानकोटले जनाएको छ ।

गएराति ८ बजेर २५ मिनेट जाँदा काठमाडौंको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा।प्र।०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077