Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

इजरायल-इरान द्वन्द्वका कारण ८ सय ८५जनाले नेपाल फर्किन नाम टिपाए : परराष्ट्रमन्त्री राणा

इजरायल-इरान द्वन्द्वका कारण ८ सय ८५जनाले नेपाल फर्किन नाम टिपाए : परराष्ट्रमन्त्री राणा

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलबाट ८ सय ८५ जना नेपालीले नेपाल फर्किनको लागि नाम टिपाएको बताएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताएकी थिईन् ।

जुन १७ गतेबाट नेपाली नागरिकहरुको विवरण लिन सुरु अनलाईन पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गरेको बताईन् ।

सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने काम गरिरहेको बताइन् ।

अबको केही दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077