काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टीले असार ७ र ८गते बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको छ ।
जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतःअसफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ ।’