Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

उपप्रमुखसहित ७ जना वडाध्यक्षले गरे बैठक बहिष्कार, पनौतीको नगरसभा स्थगित

उपप्रमुखसहित ७ जना वडाध्यक्षले गरे बैठक बहिष्कार, पनौतीको नगरसभा स्थगित

सोमवार , आषाढ ९, २०८२

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।

एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका हुन् ।

पप्रमुखसहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकेको बताइएको छ ।

कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

यता उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरीत ४ करोडभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको प्रतिक्रिया दिएकी छन् ।

६२ सदस्यीय नगर सभामा नगर प्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।

बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077