काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू सही बाटोमा अघि बढेमा देश पनि सही बाटोमा अघि बढने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढने बताए ।
युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्ने उनको भनाई थियो ।
अहिले अर्थबिनाको युवा भनेर उचाल्ने प्रवृत्ति रहेको बताउँदै उनले भने, 'हाम्रा युवाहरू दम्भी, घमण्डी हुने छैनन्। क्षमतावान् विनयी र शालीन हुनेछन्। गुण्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर चाहिँ बस्दैनन्।'